यी बालिकाः जसले चार वर्षको उमेरमै पढिसकिन् एक हजारकिताब

सामान्य मानिसले आफ्नो जिवनभरमा हजार वटा किताब पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजार भन्दा बढी किताब पढिसकेकी छिन् । डालिया मेरी आरानाले १८ महिनाकी छँदा अक्षर चिनेकी थिइन् र ३ वर्षको उमेरबाट आफैं किताब पढ्न थालेकी थिइन् । उनले अहिलेसम्म १ हजार भन्दा बढी किताब पढेर सिध्याइसकेकी छिन् ।
यति सानो उमेरमै अहिले उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताब पढ्न रुचाउँछिन् । उनले खरर्र पढ्न सक्छिन् र केही लामा शव्दको अर्थ नबुझेमा मात्र अभिभावकको सहयोग लिने गर्छिन् । उनकी आमा हालिमा र बुवा मुगुएलका अनुसार डालियाले जन्मेदेखि नै आफुहरुले पढेको ध्यान दिएर हेर्ने गरेको अनुभव सुनाउँछन् । साथै दिदी दाईले पढ्ने गरेको पनि उनले सानैदेखि ध्यान दिएर सुन्थिन् ।

१८-१९ महिनाकी हुँदासम्म त उनले धेरै अक्षर चिनिसकेकी आमा हालिमा बताउँछिन् । यी बालिकाको पठन क्षमतालाई कदर गर्दै उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइब्रेरी अफ कंग्रेसमा एक दिनका लागि लाइब्रेरियन बनाइयो । लाइब्रेरियन कार्ला हेडनसँग मिलेर उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालिन् ।

दिनभरमा उनले पुस्तकालयमा बैठकमा सहभागी भइन्, भेटघाट गरिन् र पुस्तकालयको निरिक्षण पनि गरिन् ।साथै उनले पुस्तकालय व्यवस्थापनलाई पुस्तकालयमा सेतो बोर्ड टाँग्न सुझाव दिइन्, ता की पुस्तकालयमा आउने बालबच्चाहरुले लेख्न सिक्न सकून् ।आगामी सत्रमा किन्डरगार्टनमा भर्ना हुने बेलासम्म १५ सय किताब पढिसक्ने उनको लक्ष्य रहेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *