प्रचण्डलाई राहत दिने पशुपतिको भनाई, राप्रपा सरकारबाट बाहिरिने

भक्तपुर, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी सरकारबाट बाहिरिने हल्ला मात्र भएकोबताएका छन् ।

केही नेताले भाषण गर्दैमा पार्टी सरकारबाट बाहिरिने वा सरकारमै बस्ने निर्णय नहुने बताउँदै उनले तत्काल बाहिरने कुरा हल्ला मात्र भएको प्रस्ट पारेका हुन् । ‘राप्रपा सरकारबाट बाहिरिने हल्ला मात्र हो, सरकारबाट बाहिरिने कुनै निर्णय भएको छैन,’ उनले भने, ‘को नेताले कहाँ गएर के भन्छ र त्यही भनेको आधारमा सरकारबाट फिर्ता बोलाउन सकिँदैन ।’

पार्टीले सरकारबाट फिर्ता बोलाउने आधिकारिक निर्णय गरिनसकेको समेत उनले जानकारी दिए । नेता राणाले वर्तमान सरकारले जेठमा स्थानीय निकाय निर्वाचन गर्न नसक्ने दाबीसमेत गरे । ‘मधेसी मोर्चाको संविधान संशोधन माग कुनै पनि हालतमा एमालेले पारित हुन दिनेछैन,’ उनले भने, ‘अर्कातर्फ सरकारले मधेसी मोर्चालाई माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेकाले निर्वाचन असम्भव भएको हो ।’

मधेसवादी दललाई ‘बाइपास’ गरेर निर्वाचन सम्भव नभएको बताउँदै राणाले दुई दशकदेखि हुन नसकेको निर्वाचन यथाश्रीघ अहिलेकै सरकारले गर्नुपर्ने पनि उनको जोड छ ।‘ठूला पार्टीले दिशा दिन नसक्दा देश कता जाने र के गर्ने भन्ने अनिर्णयको बन्दीमा फसिरहेको छ,’ उनले भने, ‘त्यसैले अब ठूला दल जिम्मेवार भएर अगाडि बढ्नुपर्छ, चुनाव हुने वा नहुने हो, मुलुक संकटमा परेको छ ।’

निर्वाचन नभए मुलुक संवैधानिक संकटमा फस्ने बताउ“दै राणाले जेठमा चुनाव गराउन सरकार लाग्नुपर्नेमा पुनः जोड दिए । ‘तत्काल निर्वाचन मिति घोेषणा गर्न’ मागसमेत उनले गरेका थिए । राजधानी दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *