पूर्व प्रेमी/प्रेमिकालाई देख्ने बित्तिकै लुसुक्क भाग्ने यी ६ सेलिब्रिटी

आफ्ना पूर्व प्रेमिका/प्रेमीसँग कुनै पार्टीमा ठोक्किँदा कस्तो महसुस हुन्छ भन्ने कुरा हामीमध्ये धेरैलाई थाहा होला । यस्तो अवस्थामा धेरैजसो मानिसहरु एक अर्कालाई देखेको नदेखेझैं गर्छन् भने कोही अचम्मको अनुहार बनाएर आफू ठिकठाक भएको बताउन खोज्छन् ।

तपाईं हामीले मात्र यस्तो स्थितीको सामाना गर्नुपर्दैन । यसमा बलिउड स्टार्स पनि पर्ने गर्दछन् । आउनुहोस्, आज हामी तपाईंलाई यस्तै बलिउड सेलिब्रिटीबारे जानकारी दिँदैछौं जो पूर्व प्रेमी–प्रेमीका देख्ने बित्तिकै भाग्ने गर्दछन् ।

१. सलमान र ऐश्वर्याः

‘हद दिल दे चुके सनम’ को सेटमा एक–अर्काको प्रेममा परेका सलमान र ऐश्वर्याको प्रेम सम्बन्धबारे कसलाई थाहा नहोला र ? यी दुईको संसार अलग भइसकेको अवस्थामा कुनै पार्टी वा समारोहमा भेट हुँदा उनीहरु एक अर्कालाई देख्दा भाग्ने गर्दछन् ।

२. अमिताभ र रेखाः

अन स्क्रिन प्रेम गर्दागर्दै कहिले उनीहरुको प्रेम अफस्क्रिनमा पनि सुरु भयो यसबारे उनीहरुलाई नै थाहा छैन । तर यी दुबैको अफ स्क्रिन प्रेम धेरै दिनसम्म टिक्न सकेन । त्यसपछि पुनः त्यही सिलसिला दोहोरियो जो प्रत्येक ब्रेकअप पछि हुने गर्दछ । थुप्रै अवसरमा रेखा–अमिताभ एक–अर्कालाई नदेखेझैं गर्छन् । उनीहरुको यस्तो व्यवहार क्यामराको नजरमा कसरी लुक्न सक्थ्यो ?

३. जोन र विपाशाः

१२ वर्ष लिभ इनमा बसेको यो जोडीको अचानकको ब्रेकअपले बलिउडमा निकै तहल्का मच्चाएको थियो । कुनै बेला बलिउडको ‘मस्ट ह्यापनिङ’ जोडीको रुपमा स्थापित यो जोडी आजकाल एक अर्कालाई नजरअन्दाज गर्ने गर्दछन् ।

४. करिष्मा र अभिषेकः

५ वर्षको लामो सम्बन्ध, त्यसपछि इन्गेजमेन्ट र पछि ब्रेकअप । यस्तो जोडी यदि भविष्यमा एक अर्काको आमनेसामने हुन्छन् भने देखेको नदेखेझैं पक्कै गर्छन् । अभिषेक र करिष्माको कहानी पनि यस्तै छ । जुन कार्यक्रममा रेखा र अमिताभ बच्चन एक अर्कासँग भागिरहेका थिए, त्यही समारोहमा करिष्मा र अभिषेक पनि एकअर्कालाई नदेखेझैं गरिरहेका थिए ।

५. अक्षय र रबिना टंडनः

कुनै बेला यो जोडी बलिउडको निकै चर्चित जोडी बनेको थियो तर उनीहरुको सम्बन्धमा खटपट पश्चात् ब्रेकअप भयो । निकै चर्चा बटुलेको यो जोडी अहिले एक–अर्काको अनुहार पनि हेर्न चाहँदैनन् ।

६. शिल्पा र अक्षयः

शिल्पा र अक्षयको जोडी पनि तहल्का मच्चाएको थियो । दुबैको विवाह हुने कुरा पनि आगोसरी फैलिएको थियो । तर अक्षय कुमारले उनलाई धोका दिएर ट्वींकल खन्नासँग सम्बन्ध स्थापित गराएपछि उनीहरुको प्रेम कहानीको अन्त्य भएको थियो । एकता कपूरले आयोजना गरेको पार्टीमा दुई जना एक अर्कासँग भागिरहेको देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *