दिपकको ‘राजा’ को ? दयाहाङ कि अरु कोहि ?

चलचित्रले बक्स अफिसमा त्यस्तो कुनै कमाल मच्चाउन सकेन । ‘सेतो सूर्य’ले विभिन्न अन्तरराष्ट्रिय अवार्ड जितेपनि नेपाली बक्स अफिसमा असफल भयो । दिपकको दुबै चलचित्रमा नायक दयाहाङ राई मुख्य भूमिकामा देखिएका थिए ।

अब, उनै दिपकले नयाँ चलचित्र ‘राजा’को तयारी थालेका छन् । यो चलचित्रमा पनि दया नै अनुवन्धित भएका छन् । चलचित्रको शिर्ष भूमिकामा दया हुने कि अन्य कलाकार हुने भन्ने खुलाइएको छैन ।

चलचित्रको नाम ‘राजा’ राखिएपनि कथावस्तु राजसंस्थाप्रति केन्दि्रत नहुने दिपकले मिडियासँग बताएका छन् । दयाहाङको हातमा एकपछि अर्को चलचित्र छन् । बक्स अफिसमा उनको यो बर्ष केहि चलचित्र मात्र सफल छन् । तर, उनलाई लिएर चलचित्र बनाउनेको संख्यामा कुनै कमी आएको छैन ।

दयाहाङ पनि चलचित्र छानेर खेल्नुपर्छ या कम खेल्नुपर्छ भन्ने मुडमा देखिएका छैनन् । जसले गर्दा, उनको स्टारडम कमजोर बन्दै गएको टिप्पणी चलचित्र बजारमा चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *