चीनको चेतावनी- अमेरिकासँग संघर्ष भए दुवैलाई क्षति

माघ २७, काठमाडौं । बेइजिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण चीन सागरका विषयमा दिइरहेको अभिव्यक्तिले कसैलाई फाइदा नहुने बताएको छ । चीनले दक्षिण चीन सागरका विषयमा संघर्ष भएमा दुवै देशलाई नोक्सान हुने पनि उल्लेख गरेको छ । चीनले दक्षिण पूर्वी एसियाली देशको दाबीका बाबजुद दक्षिण चीन सागरको ९० प्रतिशत क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । चीनले यस क्षेत्रमा केही कृतिम द्वीप समेत बनाएको छ । चीनले बनाएका यी कृतिम टापुलाई संघर्षको सम्भावित बिन्दुको रुपमा मानिदै आएको छ ।

ह्वाइट हाउसका प्रवक्ता सीन स्पाइसर र विदेशमन्त्री रेक्स टिलरसनलगायतले समेत दक्षिण चीन सागरका विषयमा विवादास्पद टिप्पणी गरिरहेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग यीले अस्ट्रेलिया भ्रमणका क्रममा युद्धबाट कसैको भलो नहुने चेतावनी दिएका हुन् । उनको भनाई उदृत गर्दै अस्ट्रेलियन ब्रोडकास्टर कर्पोरेशनले भनको छ, ‘कुनै पनि समझदार राजनीतिज्ञ चीन र अमेरिकाबीचको संघर्ष हुँदैन र यसबाट दुवै पक्षलाई नोक्सान हुनेछ ।’

ह्वाइट हाउसका प्रवक्ता स्पाइसरले गत महिना दक्षिण चीन सागरमा अमेरिका आफ्नो हितको रक्षाका लागि प्रतिबद्ध रहेको बताएका थिए । विदेशमन्त्री टिलरसनले दक्षिण चीन सागरमा चीनले निर्माण गरेका द्विपसम्म पुग्न चीनलाई रोक लगाउनुपर्ने बताएका थिए । उनको यस्तो भनाईपछि अमेरिका र चीनबीच तनावको अवस्था सिर्जना भएको थियो । दक्षिण चीन सागरमा चीनसहित भियतनाम, फिलिपिन्स, ताइवानलगायत ६ राष्ट्रले दाबी गर्दै आएका छन् ।
-राजधानी दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *