के यू-ट्युबमा अश्लील भिडियो पोस्ट गर्नेछिन् लीनाले ? (भिडियोसहित)

एजेन्सी । यू-ट्युबमा भिडियो च्यानल चलाउने लीना नर्सेसियन एकपटक पुन: चर्चामा आएकी छन् । तर यसपटक उनी आफ्नो बोल्ड फोटोशुटका कारण नभई आफूले गरेको एक विशेष बाचाका कारण चर्चामा आएकी हुन् । लीनाले आफ्नो सब्सक्राइबर्सबाट यो बाचा गरेकी छन् कि यदि उनको यू-ट्युब च्यानलको सब्सक्राइबर्सको संख्या १० लाख नाघेमा उनी अश्लील भिडियो पोस्ट गर्नेछिन् । हाल अमेरिकाको शहर लस एंजलसमा बस्ने लीनाको ‘लीना द प्लग’ मा चार लाखभन्दा बढी सब्सक्राइबर्स छन् ।

लीना यू-ट्युबमा आफ्नो रुटिन लाइफ, बोल्ड फोटोहरु र प्रत्यक्ष कुराकानी चलाउँछिन् । लीनाका अनुसार उनलाई पोर्न फिल्मको अफर आएपनि उनलाई त्यसमा कुनै इच्छा छैन । लीनाको यस अभिव्यक्तिले यू-ट्युबका अधिकारीहरु पनि चिन्तित छन् । उनीहरुका अनुसार यदि लीनाले अश्लील भिडियो पोस्ट गरेमा भिडियो च्यानल नै बन्द गराइदिनेछन् । यस्तै बोल्ड फोटोहरु इंस्टाग्राममा अपलोड गरकै कारण उनको अकाउंट बन्द गरिएको थियो । अब उनी फेसबुक र ट्विटरमा सक्रिय छिन् ।

भिडियोमार्फत यस्तो भनिन् लीनाले:

Leave a Reply

Your email address will not be published. Required fields are marked *