ओबामाको छुट्टीको तस्बिर र भिडियो इन्टरनेटमा भाइरल तर जनता दुःखी छन्, किन ?

अमेरिकाका राष्ट्रपति । संसारका सबैभन्दा शक्तिशाली व्यक्ति । सन् २०१७ को जनवरीको आधा महिनापछि त्यो ताकत ओबामाको हातबाट डोनल्डमाथि सर्यो । अमेरिकासहित संसारभरका मानिसले विरोध गरे । कारण, चुनाव प्रचारको क्रममा ट्रम्पको विवादास्पद बयान । कहिले मुसलमानको नाम । त कहिले महिलाको नाम । चुनाव प्रचारद्खि राष्ट्रपति बन्नेसम्म मानिसले निकै मज्जा लिए ।

त्यसपछि चुनाव भयो । ट्रम्प राष्ट्रपति चुनिए । अमेरिकामा विरोध भयो । मानिसहरु सडकमा आए । संसारको इतिहासमा यस्तो सायद पहिले भएको थिएन जब लोकतान्त्रिक तरिकाले छानिएका राष्ट्रपति विरुद्ध मानिसहरु सडकमा उत्रिए ।

मानिसहरुको डर बिस्तारै वास्तविकतामा परिणत हुँदै छ । ह्वाइट हाउसमा प्रवेश भएसँगै राष्ट्रपति डोनल्ड ट्रम्पले संसारका थुप्रै मुस्लिम देशका मानिसहरुलाई अमेरिकामा प्रवेशका लागि रोक लगाए । अब के हुन्छ त्यो कसैलाई थाहा छैन ।

अब यति धेरै डर र अनिश्चितताका बिच अमेरिकावासीले केही राम्रो कुरा देख्न पाएको बताएका छन् । त्यो थियो पूर्व राष्ट्रपति बराक ओबामाको छुट्टीका तस्बिर र भिडियो । जसमा ओबामा निकै ‘कूल’ देखिएक थिए । ओबामाले ह्वाइट हाउस छोडेपछि अब आफू राजनीतिमा प्रवेश नगरी कुनै संस्थामा काम गर्ने संकेत दिएका थिए ।

ओबामा आजकाल आफ्नी श्रीमती मिसेलसँग छुट्टीमा छन् । साथै अमेरिकी व्यवसायी रिचर्ड ब्रेनसन पनि उनीहरुसँग छन् । जबदेखि यो भिडियो इन्टरनेटमा आएको छ । ट्वीटरमा यसले  करिब २ लाख लाइक पाइसकेको छ भने करिब १ लाख रिट्वीट गरिएको छ ।

भिडियो पोष्ट गर्ने फिलिप लिविसले उनी अब कहिले फर्केर आउँदैनन् भनि क्यप्सन लेखेका छन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *